वैशाख १४, पूर्व नवलपरासी । बिनयीत्रिवेणी गाउँपालिका-४ सर्दिबाट तास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ३३ वर्षीय बिष्णु बहादुर कामु लगायत ११ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय दुम्किवासबाट खटिएको प्रहरीले उनीहरुलाई नगद ५५ हजार ३ सय ३० रुपैयाँ र ६ बुक तास सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।