• २०८३ बैशाख ४ गते शुक्रवार

आज काठमाडौंका विभिन्न स्थानमा ६ घन्टासम्म बत्ती काटिने

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

फागुन १५, काठमाडौं । आज काठमाडौं उपत्यकाका विभिन्न स्थानमा ६ घन्टासम्म बत्ती नहुने भएको छ । नेपाल विद्युत प्राधिरकणले केही स्थानमा नांगो तार हटाएर कभर कन्डक्टर राख्नेलगायतका काम हुने भएकाले विद्युत आपूर्ति बन्द गर्न लागिएको जनाएको छ।

प्राधिकरणका अनुसार कीर्तिपुर फिडरअन्तर्गत त्रिभुवन विश्वविद्यालय परिसरमा ११ केभी क्षमताको लाइनको काम हुने भएकाले कीर्तिपुर फिडरअन्तर्गतका क्षेत्रमा बिहान ११ बजेदेखि बेलुकी ५ बजेसम्म विद्युत आपूर्ति बन्द हुने भएको छ। विद्युत जाने क्षेत्रहरु काठमाडौंको बल्खु, खसीबजार, सीता पेट्रोल पम्प, परीक्षा नियन्त्रण कार्यालय, कुमारी क्लब, भगवती मन्दिर र त्रिभुवन विश्वविद्यालयको सबै कार्यालयहरु रहेका छन्।

Sharing

प्रतिक्रिया दिनुहोस