• २०८३ जेष्ठ २७ गते बुधवार

कम्युनिस्ट शासनमा हास्नु, मदिरा पिउनु र शपिङ गर्न प्रतिबन्ध

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

पौष ११,एजन्सी। उत्तर कोरियामा ११ दिनको निम्ति हास्नु, मदिरा पिउनु र शपिङ गर्नुमा रोक लगाइएको छ। तानाशाह किम जोङले यो आदेश शुक्रवार आफ्नो पिता जोङ इलको १०औं पुण्यतिथिमा जारी गरेका हुन्।

उनले ११ दिनसम्म राष्ट्रिय शोकको पनि घोषणा गरेका छन्। यसको उल्लंघन गर्नेहरूलाई पक्राउ गर्ने आदेश समेत जारी गरेका छन्। रेडियो फ्री एशियाले देशको सीमा क्षेत्रमा उपस्थित सिनुइजु शहर निवासीहरूलाई उधृत गर्दै भनेको छ, मानिसहरू दैनिक रूपमा आवश्यक सामान किन्न घरदेखि बाहिर जान सक्दैनन्।

विगतमा उक्त नियमहरू उल्लंघन गर्ने मानिसहरूलाई पक्राउ गरिन्थ्यो र फेरि अपराधीहरू सरह राखिने गरिन्थ्यो। यी मध्ये धेरै मानिसहरूलाई फेरि कहिल्यै देखिएन। प्रत्येक वर्ष १० दिनको शोक मनाउने गरिन्थ्यो, तर यो वर्ष ११ दिन शोक पालन गरिने छ।

Sharing

प्रतिक्रिया दिनुहोस