पुष ११, कञ्चनपुर । कञ्चनपुरमा खैरो हिरोइन सहित १ जनालाई महेन्द्रनगर प्रहरी इकाई कार्यालयले पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्लाको बेदकोट नगरपालिका वडा नं.९ सुन्दरपुरका २८ वर्षीय जितेन्द्र बिष्ट रहेका छन ।
उनको साथबाट नगद ७ हजार र कालो प्लाष्टिक भित्र राखेको १.०२ ग्राम लागुऔषध खैरो हिरोइन फेला परेको प्रहरीले जनाएको छ । पक्राउ गरी थप अनुसन्धन भइरहेको छ ।