साउन ११,काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) का कार्यकारिणी सदस्य राजेन्द्र महतोले निर्वाचन आयोगले आफ्नो पार्टी फुटाएको आरोप लगाएका छन् ।
आफूहरुले पार्टी विभाजनको माग नगरे पनि निर्वाचन आयोगले भने पार्टी विभाजन गराएको महतोले आरोप लगाएका हुन् ।
पार्टीमा आधिकारिकताका लागि यतिबेला निर्वाचन आयोगमा पार्टीका कार्यकारिणी सदस्यहरुको सनाखत चलिरहेको छ ।
कार्यकारिणी समितिका बहुमत सदस्यहरुले पार्टी अध्यक्ष उपेन्द्र यादवको पक्षमा सनाखत गरेको सो पक्षले दाबी गरेको छ । यसबारे निर्वाचन आयोगको आधिकारिक फैसला आउन बाँकी रहेको छ ।