कात्तिक ९, काठमाडौँ । आज सुनको मूल्य प्रतितोला रु २०० ले उकालो लागेको छ । स्थानीय बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु ९२ हजार ६०० तोकिएको छ । क्त धातु सोमबार प्रतितोला रु ९२ हजार ४०० मा कारोबार भएको थियो ।
महासङ्घले सार्वजनिक गरेको विवरणअनुसार तेजाबी सुनको मूल्य आज प्रतितोला रु ९२ हजार १०० रहेकामा सोमबार ९१ हजार ९०० थियो ।महासङ्घका अनुसार आज चाँदीको मूल्य स्थिर रहेकाले प्रतितोला रु एक हजार २६५ कायम छ । चाँदी सोमबार प्रतितोला सोही मूल्यमै कारोबार भएको थियो ।