• २०८३ बैशाख ८ गते मङ्गलवार

कोरोना भाइरस नियन्त्रणमा ‘अमेरिका गलत दिशामा हिँडिरहेको’ विज्ञ एन्थोनी फाउचीको चेतावनी

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

साउन ११, काठमाडौं । खोप नलगाएका व्यक्तिहरूमा सङ्क्रमण बढिरहेका बेला अमेरिकाका एक जना प्रमुख स्वास्थ्य विज्ञ डा. एन्थोनी फाउचीले

कोरोनाभाइरसका मामिलामा अमेरिका “गलत दिशामा हिँडिरहेको” बताएका छन्।
उनले कोरोनाभाइरसको खोप लगाइने दर कम भएका क्षेत्रमा डेल्टा भेरिअन्ट बढिरहेको बताएका हुन्।

फाउचीले स्वास्थ्य अधिकारीहरूले स्थितिलाई नियन्त्रणमा लिनका निम्ति खोप लगाएका अमेरिकीहरूमा पनि मास्क अनिवार्य गर्ने कुराबारे विचार गरिरहेको बताएका छन्।

उनले कमजोर व्यक्तिहरूलाई प्रतिरक्षा बढाउनेखाले खोप दिने कुरा पनि समीक्षाका क्रममा रहेको बताएका छन्।
अमेरिकामा हालसम्म त्यहाँको जनसङ्ख्याको ४९ प्रतिशतले पूर्ण रूपमा खोप लगाइसकेको आधिकारिक विवरणमा देखिन्छ। अमेरिकामा दैनिक कोरोनाभाइरस सङ्क्रमणको दर बढेको छ।-बीबीसी

Sharing

प्रतिक्रिया दिनुहोस