• २०८३ भाद्र २७ गते शनिवार

कांग्रेस पदाधिकारी बैठक जारी

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

जेष्ठ १२, काठमाडौँ । नेपाली कांग्रेसका पदाधिकारी र पूर्वपदाधिकारीहरूको बैठक सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा जारी छ । देउवाका स्वकीय सचिव भानु देउवाका अनुसार पूर्वपदाधिकारीसहित बसिरहेको छ । उक्त बैठकमा पछिल्ला राजनीतिक घटनाक्रम र थप कदमबारे छलफल भइरहेको छ ।

यस्तै आजको बैठकमा पार्टीको महाधिवेशनबारे पनि छलफल हुने बुझिएको छ । आफूलाई बहुमत हुँदाहुँदै राष्ट्रपतिले प्रधानमन्त्री नियुक्त नगरेको विरोधमा देउवाले १४६ सांसदसहित सर्वोच्चमा रिट दिएका छन् । अब कसरी अगाडि बढ्ने र १४ औं महाधिवेशन तयारीबारे आवश्यक रणनीति तय गर्न आज देउवाले पदाधिकारी बैठक राखेका हुन् ।

Sharing

प्रतिक्रिया दिनुहोस