बैशाख १३,दाङ। दाङमा झाडापखालाबाट एकै घरका दुई जाना दिदी-बहिनीको मृत्यु भएको छ । शनिबार बेलुका स्थानीय खोलाबाट ल्याएको माछा पकाएर खाएपछि झाडापखाला लागेका राजपुर गाउँपालिका–६ का ११ वर्षीया रीता बुढा र १३ वर्षीया विनिता बुढाको मृत्यु भएको हो ।
दिदी विनिताको आइतबार बिहान २ बजेतिर र बहिनी रीताको बिहान ६ बजेतिर मृत्यु भएको इलाका प्रहरी कार्यालय गढवाले जनाएको छ ।