चैत ६, काठमाडौ । नेपाली टेलीसिरियल ”सोच’ दर्शकले रुचाएका छन्। कलाकार राजु गिरीको लेखन तथा निर्देशनमा बनेको टेलीसिरियल ”सोच’ले छोटो समयमै दर्शकको मन जित्न सफल भएको छ ।

समाजिक विषय वस्तुमा आधारित शृङ्खला प्रत्येक शुक्रबार सुवर्ण फ्लिम युट्युव च्यानल मार्फत् हेर्न सकिने छ। उक्त सिरियलमा नारायन खाती, मन महर्जन ,सरिता भण्डारी , राजेन्द्र गिरी , मनु खड्का, प्रज्ञा जोशी , माया श्रेष्ठ, सुनिता गिरी , लगायतका कलाकारको मुख्य भूमिका रहेको छ।
नारायण खातिको लगानीमा निर्माण गरिएको उक्त सिरियलमा विष्णु निराकरको छायांकन तथा खुम बहादुर सुनुवारको सम्पादन रहेको छ। यसैगरी अस्मिता श्रेष्ठको सृङ्गगार र कमल सौरागले एरेन्ज गर्नुभएको छ ।