• २०८३ बैशाख १९ गते शनिवार

जमुनाह नाकामा कडाई, आवागमनलाई बन्द

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

चैत्र १३, बाँके । भारतमा दोस्रो चरणको कोरोना संक्रमण बढेसंगै नेपालगञ्जस्थित नेपाल भारत सीमानाको जमुनाह नाकामा शुक्रवारबाट कडाई शुरु गरिएको छ । बाँकेका प्रमुख जिल्ला अधिकारी राम बहादुर कुरुमवांगका अनुसार भारतमा कोरोना बढे पछि नेपालमा पनि फैलिन सक्ने आशंकामा सीमानामा हुँदै आएका अनावश्यक आवागमनलाई बन्द गरिएको हो ।

उहाँले गृहमन्त्रालय र स्वास्थ्य मन्त्रालयबाट पत्र आए लगत्तै नेपाल भारत सीमानामा हेल्थ डेस्क स्थापना गरेर स्वास्थ्य परीक्षण शुरु गर्नुका साथै अनावश्यक आवागमनलाई बन्द गरिएको बताउनुभयो । शुक्रवारदेखि उपचार वा अति आवश्यक काम बाहेक सीमापारी सामान किनमेल र अन्य सामान्य कामले आउने जानेलाई रोकिएको छ । अनावश्यक आवागमनलाई बन्द गरिएपछि नाकामा आवागमन गर्नेहरुको भिड् लागेको जमुनाह प्रहरी कार्यालयले जनाएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस