जेठ १७, काठमाडौं । काठमाडौं । नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले नागरिकता विधेयक विरुद्ध राँके जुलुस निकालेको छ । बुधवार साँझ अनेरास्ववियु निकट विद्यार्थीहरुले काठमाडौंको त्रि–चन्द्र क्यामपसमा राकेजुलुश निकालेका हुन् ।
नागरिकता विधेयक राष्ट्रघाति रहेको भन्दै उनीहरुले तत्काल फिर्ता लिन चेतावनी दिएका छन् । कार्यक्रममा अनेरास्ववियुका अध्यक्ष समिक बडालले प्रधानमन्त्रीले भारत भ्रमण जाँदा कोसेली स्वरुप नागरिकता विधेयक पारीत गरेर लिएर गएको भन्दै आक्रोस् पोखे । उनले नागरिकता विधेयक फिर्ता नभए निरन्तर सडक आन्दोलन गर्ने चेतावनी दिए।
उनले भने ‘”हामीलाई हाम्रो राष्ट्र प्यारो छ । सरकारलाई हामी चुनौती दिन चाहन्छौं । हरेक उपत्यका कठघरा हाम्रा साथिहरुले भरिने छन् । तर हामी सडक छोड्ने छैनौं। ं तिमीले बरु भारतीय नागरिकता लिउ तर हाम्रा नागरिकता कुनै बिदेशी दलालको हातमा सुम्पिन दिने छैनौं । प्रधानमन्त्रीलाई भारत बोलाएर कोसेली स्वरुप नागरिकता विधेयक पारित गरिन्छ भने खबरदार हामी सडक छोड्नै छैनौं ।”
साथै विरोधमा पक्राउ परेका पार्टीका साथिहरुलाई रिहा नहुँदा सम्म मन्त्रीका झण्डावाला गाडीहरु गुड्न नदिने चेतावनी दिए ।