चैत १३, काठमाण्डौ । नेपाल कम्युनिस्ट पार्टी एमालेको नेपाल–खनाल समूह संसदीय दलको बैठकमा सहभागी हुने भएको छ । प्रधानमन्त्री, पार्टी अध्यक्ष एवम् संसदीय दलका नेता केपी शर्मा ओलीले बोलाउनुभएको संसदीय दलको बैठकमा उहाँहरु सहभागी हुने निर्णय भएको हो ।

बिहीवार पार्टी अध्यक्ष ओलीले संसदीय दलको बैठक आह्वान गर्नुभएको हो । अहिले केहीबेरमा प्रधानमन्त्री निवास बालुवाटारमा संसदीय दलको बैठक बस्दै छ । संसदीय दलको बैठक बस्नुअघि बसेको खनाल–नेपाल समूहको बैठकले संसदीय दलको बैठकमा सहभागी हुने निष्कर्ष निकालेको हो । यस्तै खनाल–नेपाल समूहको बैठकले पार्टीको स्थायी, पोलिटब्युरो र केन्द्रीय कमिटी बैठक माग गर्ने निर्णयसमेत गरेको छ । संस्दिय दलको बैठकमा उपाध्यक्ष भिम रावल नजाने उहाँ निकट श्रोतले जनाएको छ ।