चैत १३, धनुषा । धनुषामा ट्रकको ठक्करबाट नेपाल प्रहरीका एकजना प्रहरी सहायक निरीक्षक (असइ) को मृत्यु भएको छ । आज बिहानै जनकपुरतर्फ आउँदै गरेको ५३प ८५७५ नम्बरको मोटरसाइकललाई मिथिला नगरपालिका-१० स्थित लालगढमा ट्रकले ठक्कर ट्रकले ठक्कर दिँदा असइ मदनजङ्ग कापरको मृत्यु भएको प्रहरीले जनाएको छ ।
ठक्कर लगत्तै उनको मृत्यु भएको र ठक्कर दिएर भागेको ट्रकलाई सुनसरी प्रहरीले नियन्त्रणमा लिएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा कार्यरत असइ कापर बिहान जनकपुरतर्फ आउँदै गर्दा ट्रकले ठक्कर दिएको र उनको शवलाई परीक्षणका लागि प्रादेशिक अस्पताल जनकपुरधाम ल्याइएको छ ।