• २०८३ भाद्र ९ गते मङ्गलवार

अछाममा आमाको हत्या गरेको आरोपमा छोरा पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

फागुन १४, अछाम। आफ्नै आमाको हत्या गरेको आरोपमा छोरालाई अछाम प्रहरीले पक्राउ गरेको छ । आफ्नै आमा ६० वर्षीया कला बुढाको हत्या गरेको आरोपमा साँफेबगर नगरपालिका–५, नवाठाना बस्ने ३८ वर्षीय जित बुढा पक्राउ परेका हुन् ।

जितले आमालाई मंगलबार बिहान घरमा कुटपिट गरेको र सोही कुटपिटका कारण मृत्यु भएको प्रारम्भीक अनुसन्धानबाट खुलेको छ । जिल्ला प्रहरी कार्यालय अछाम र इलाका प्रहरी कार्यालय साँफेबगरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको जनाइएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस