• २०८३ बैशाख १८ गते शुक्रवार

मुस्ताङमा विप्लव समूहका जिल्ला इञ्चार्ज पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

फागुन १४, मुस्ताङ। सरकारले प्रतिबन्ध लगाएको नेत्रविक्रम चन्द्र विप्लव समूहका मुस्ताङ जिल्ला इञ्चार्ज पदम पुन पक्राउ परेका छन् । पुनलाई म्याग्दीको मालिका गाउँपालिका-२ बाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

राज्यविरुद्धको अपराधमा संलग्न भएको अभियोगमा पुनलाई पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक श्यामकुमार राईले जानकारी दिनुभएको छ । एनसेलको टावर, डोजरलगायत निर्माण उपकरणमा आगजनी, चन्दा असुलीलगायत गतिविधिमा संलग्न भएको अभियोगमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस