भदौ ९, जाजरकोट । प्रहरीले १ थान भरुवा बन्दुक सहित १ जनालाई पक्राउ गरेको छ । नलगाड नगरपालिका-१० कोठी सल्ला बस्ने ५८ वर्षीय मोहन बिकलाई १ थान भरुवा बन्दुक सहित मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।
उनको गोठमा भरुवा बन्दुक लुकाई राखेको भन्ने सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय रग्दाबाट खटिएको प्रहरीले उक्त बन्दुक फेला पारी उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।