• २०८३ बैशाख १९ गते शनिवार

विपक्षी गठबन्धन पूर्वराजाको शरणमा पुगेको आरोप : मुख्यमन्त्री पोखरेल

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असार ११, काठमाडौँ। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले विपक्षी गठबन्धनले आफुलाई राजनीतिक प्रतिस्पर्धामा अग्लो देखाउन पूर्वराजालाई गुहारेको आरोप लगाउनुभएको छ । नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी (जसपा) उपेन्द्र यादव पक्ष, एमालेबाट निष्काशित माधवकुमार नेपाल पक्ष तथा जनमोर्चासहितको विपक्षी गठबन्धनले पूर्वराजाका शरणमा पुगेको आरोप लगाउनुभयो ।

विपक्षी गठबन्धनको हिजो भएको पत्रकारहरुसँगको कुराकानीमा माओवादीका अध्यक्ष प्रचण्डले वर्तमान प्रधानमन्त्री केपी ओली तथा राष्ट्रपति विद्यादेवी भण्डारीभन्दा कयौं गुणा राजाको उचाई भएको भनि अभिव्यक्ति दिनुभएको थियो । त्यस्तै नेता नेपालले ओलीभन्दा कयौं गुणा बाम्पन्थी नेताका रुपमा कांग्रेस सभापति शेर बहादुर देउवा भएको बताउनुभएको थियो । सोही प्रशंगमा मुख्यमन्त्री पोखरेलले राजनीतिक प्रतिष्पर्धामा आफुलाई अग्लो देखाउन पूर्वराजालाई गहारेको आरोप लगाउनुभयो । विपक्षी गठनब्धनले राजनीतिलाई अराजनीतिक बनाउने खेल अब के बाँकी रहयो भनि प्रश्न समेत गर्नुभयो ।

उहाँले आज आफ्नो सामाजिक सञ्जालमा भन्नुभएका छ, ‘राजनीतिक प्रतिस्पर्धामा आफुलाई अग्लो देखाऊन पूर्व राजालाई गुहार्न बाँकी थियो, हिजोवाट त्यो पनि पूरा भएछ ।

Sharing

प्रतिक्रिया दिनुहोस