• २०८३ बैशाख १४ गते सोमवार

गजल !”अत्याचारको बिरुद्धमा जब मसाल जल्छ”

सुरेशकुमार पान्डे पढ्न लाग्ने समय : १ मिनेट

अत्याचारको बिरुद्धमा जब मसाल जल्छ,
सरकारको सदै भरी तर्फ बाट गोलि चल्छ।

मेरो देशमा किन हुँन्छ गजब काम शदियौँ,
जता हेर्छौ उतै निर्दोश जनताहरु नै ढल्छ।

फ्याँक्छौ बिकासका दुश्मनहरु शंघर्ष गरी,
फेरी त्यहि घुम्छ अनि बिकास समेत टल्छ।

अकालमै मरेकाछन देशका छोरा नातीहरु,
सम्झिँदा आफ्नो मन र मुटु दन दनी बल्छ,

सन्तानले अत्याचार को बिरुद्ध लडेका सदै,
तर देशभित्र भ्रष्टचार सदैभरी फुल्छ फल्छ।

सामाजिक कुरीति पनि ता दोशी देख्छु मैले,
कहीले आक्रो आउँछ कहिले हीम्मत गल्छ।

Sharing

प्रतिक्रिया दिनुहोस