• २०८३ भाद्र ७ गते आइतवार

थाइल्यान्डबाट ल्याएको ८ किलो गाँजासहित म्यान्मारका दुई नागरिक पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

भदौ ७, काठमाडौं । थाइल्यान्डबाट नेपाल ल्याइएको ८ किलो २३८ ग्राम गाँजासहित दुई म्यान्मार नागरिक पक्राउ परेका छन् । लागुऔषध नियन्त्रण ब्युरोले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट खटिएको प्रहरी टोलीले शंकास्पद यात्रुमाथि निगरानी गर्ने क्रममा उनीहरूलाई पक्राउ गरेको हो ।

थाइल्यान्डको सुवर्णभूमिबाट नेपाल आएका उनीहरू नेपाल वायुसेवाको उडान नम्बर आरए ४०२ मार्फत काठमाडौँ आएका थिए । पक्राउ पर्नेमा म्यान्मारको याङ्गुनकी २७ वर्षीया ए थिदा आङ र २९ वर्षीय नाय थु रेन रहेका छन् । उनीहरूले सुटकेसभित्र लुकाएर गाँजा ल्याएको प्रहरीले जनाएको छ ।

प्रहरीले उनीहरूको साथबाट ८ किलो २३८ ग्राम गाँजा, दुई थान राहदानी र दुई थान मोबाइल बरामद गरेको छ । पक्राउ परेकामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस