• २०८३ असार ४ गते बिहिवार

विरगञ्जमा भिम रावलको पुत्ला जलाइयो

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

जेठ ११, पर्सा । पसौ विरगञ्जमा एमालेबाट निश्कासित नेता डा. भिम रावलको पुत्लादहन गरिएको छ । आज स्वतन्त्र युवाहरुले विरगञ्जमा रावल‍को पुतला दहन गरेका हुन ।

भ्रमपूर्ण प्रचार गरि संप्रदायिकता भड़काउन खोजेको भन्दै युवाहरुले आरोप लगाएका छन् । लाखौं नागरिक राज्य विहिनता महशुस गरिरहेको अवस्थामा सरकारले नागरिकतासम्बन्धी समस्या समाधान गर्न सरकारले ल्याएको नागरिकता अध्यादेशबारे झूठ एवं भ्रमपूर्ण कुरा गरेर पार्टीबाट निस्काशित एवम् भगौडा माधव कम्पनीको सदस्य भीम रावलले सम्प्रदायिकता मचाउन खोजदा आज बिरगंजका युवाहरु पुतला दहन गरेका छन् ।

विगतदेखि नै मधेशलाई अपमानित गर्दै आएको रावलले पर्सा जिल्ला र नागरिकताको विषयमा गरेको टिप्पणी अराजकता र उदणडताको पराकाष्टा भएको बताएका छन् । नेपालमा नेतृत्व गर्ने रावलजस्ता कुपुत्रहरु जस्ता नेताहरुले नेपाललाई अग्रगमको दिशा तर्फ जान नदिएको आरोप लगाए ।

Sharing

प्रतिक्रिया दिनुहोस