जेठ ११, काठमाडौं । स्थानीय प्रशासनले काठमाडौं उपत्यकामा निषेधाज्ञालाई थप कडा बनाएको छ । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको मंगलबार बसेको संयुक्त बैठकले काठमाडौं उपत्यकामा जारी निषेधाज्ञालाई थप कडा बनाउने निर्णय गरेको हो ।

प्रमुख जिल्ला अधिकारीहरुको मंगलबारको बैठकले जारी निषेधाज्ञालाई थप कडा पारेर जेठ २० गते मध्यरातसम्म लम्ब्याउने निर्णय गरेको छ । निषेधाज्ञालाई निरन्तरता दिएर नै कोभिडको चेन भत्काउन सकिने निष्कर्षसहित जेठ १४ बाट निषेधाज्ञालाई थप कडा पार्ने प्रजिअहरुले निर्णय गरेका छन् । मंगलबारको निर्णय अनुसार जेठ १४ बाट उपत्यका खाद्यान्न, किराना तथा डिपार्टमेन्ट स्टोर खोल्न पाइँदैन । काठमाडौं, भक्तपुर र ललितपुरबाट यसअघि जारी सबै सवारी पास रद्द गरिएको छ ।
हेर्नुहोस् जिल्ला प्रशासन कार्यालयको विज्ञप्ति