• २०८३ जेष्ठ १७ गते आइतवार

वेपत्ता भएको एक महिनापछि झा दम्पत्तिको शव भेटियो

खबर२४ नेपाल पढ्न लाग्ने समय : २ मिनेट

चैत्र १२, महोत्तरी । महोत्तरी जिल्लाको पिपरा गाउँपालिका वडानं. ५ सहोडवाबाट एक महिना अघि वेपत्ता पारिएका दम्पत्तिको शव बिहीबार फेला परेको छ । वेपत्ता भएको एक महिनापछि शव पिपरा गाउँपालिकाको वडा नं. २ को अतरार जाने बाटोमा माटोमा थुपारिएको अवस्थामा फेला परेको हो ।

जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरिक्षक दिनेश आचार्यले सर्च अभियानकै क्रममा सो शव फेला परेको जानकारी दिनुहुदै शव कुहिएको अवस्थामा रहेको जानकारी दिनुभयो । उनका अनुसार अलगअलग ठाउँमा केही दुरीमा मात्रै गाडिएको अवस्थामा फेला परेको सबको झाका परिवारजनले पहिचान गरिसकेकाले थप अनुसन्धानको लागि शवको फरेन्सिक चेकजाँच गरिने जानकारी दिनुभयो । दुई वटा बोरामा राखि गाडिएकोको कारण शव कुहि सकेको वताउहुदै माटो मुनि खप्पर समेत फेला परेको बताउनुभयो । झा दम्पतीले लगाएको लुगा, कपडाको आधारमा शवको पहिचान भएपनि हडडी मात्रै देखिएकोले थप चेकजाँचको लागि फरेन्सिक चेकजाँच गरिने बताउनुहुदै शवको पोष्टमार्टमको जलेश्वर अस्पताल लगिएको बताउनुभयो ।

होलीको लागि घर लिपपोत गर्न गएका केहीले खबर गरेपछि प्रहरी त्यहाँ पुगेको थियो । जानकारी पाएलगत्तै प्रदेश प्रहरी कार्यालय जनकपुरबाट सिआइबीको टिम तथा एसएसपी मोसाउद अलि खाँनको टोली घटनास्थल पुगि शव उत्खनन गरेको थियो ।

प्रहरीले केही दिन अगाडि मात्रै घटनामा संलग्न रहेको हुन सक्ने भन्दै चार जनालाई सार्वजनिक समेत गरिसके पनि उनीहरुले हत्याको जिम्मेबारी लिएको छैन । पिपरा सहोडवाका ६५ वर्षीय मोसाफिर झा र उनकी पत्नी ६० वर्षीया गीतादेवी कोठामै सुतिरहेको अवस्थामा फागुन ९ गतेबाट बेपत्ता हुनुभएको थियो ।

Sharing

प्रतिक्रिया दिनुहोस