• २०८३ जेष्ठ ३ गते आइतवार

भैरहवामा मृत फेला परे प्रहरीका एसएसपी

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

पुष ९,काठमाडौं । नेपाल प्रहरीका वरिष्ठ उपरीक्षक (एसएसपी) सुशीलकुमार यादव सरकारी निवासमा शुक्रबार झुण्डिएको अवस्थामा फेला पर्नुभएको छ । शुक्रबार बिहान ११ बजे अन्य प्रहरी कर्मचारी खाजा खान गएको बेला यादव झुण्डिएको अवस्थामा फेला परेको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले जनकारी दिनुभयो ।

सङ्घीय प्रहरी एकाइ कार्यालय भैरहवामा कार्यरत यादवलाई केही दिनअघि मात्रै कारवाही गरेको बताइएको छ । घटनाको विस्तृत अनुसन्धान भैरहेको तिवारी बताउनुभयो । उहाँको मृत्युको कारण भने खुल्न सकेको छैन ।

Sharing

प्रतिक्रिया दिनुहोस