• २०८३ बैशाख १० गते बिहिवार

पूर्वसांसद अधिकारीको निधन

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

जेष्ठ ३१, काठमाडौँ। नेपाली कांग्रेस लमजुङका पूर्वसभापति एवं पूर्वसांसद हरिभक्त अधिकारीको निधन भएको छ । विगत सात वर्षदेखि मधुमेह, उच्च रक्तचाप लगायतका रोगले थलिएर ओछ्यानमै रहनुभएका अधिकारीलाई कोभिड सङ्क्रमण देखिएपछि जेठ २८ गते मनमोहन मेमोरियल अस्पताल स्वयम्भूमा उपचारका लागि भर्ना गरिएकोमा उहाँको अस्पतालमा आइतबार राति ११ बजे निधन भएको हो ।

विस १९९८ पुस २१ गते लमजुङको दुराडाँडामा जन्मनुभएका अधिकारी विसं २०५६ सालको प्रतिनिधिसभा निर्वाचनमा लमजुङ क्षेत्र नं २ बाट निर्वाचित हुनुभएको थियो । स्व अधिकारीका श्रीमती, दुई छोरा र एक छोरी हुनुहुन्छ ।

Sharing

प्रतिक्रिया दिनुहोस