• २०८३ बैशाख ३१ गते बिहिवार

बालयौन दुरुपयोग गरेको अभियोगमा पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

मंसिर ८, पर्वत । प्रहरीले १३ वर्षीया किशोरीलाई बालयौन दुरुपयोग गरेको अभियोगमा जलजला गाउँपालिका-४ बस्ने २८ वर्षीय बिष्णु आचार्यलाई सोमबार पक्राउ गरेको छ ।

आचार्यले आफनो मोवाईलमा अश्लिल भिडियो ती किशोरीलाई देखाई यौन दुर्ब्यबहार गर्दै एकान्त ठाउँमा लगि ती किशोरीलाई बालयौन दुरुपयोग गरेको भन्ने जानकारी प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय पर्वतबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

उनी उपर बालयौन दुरुपयोग सम्बन्धी मुद्दामा जिल्ला अदालत पर्वतबाट ५ दिन म्याद थप अनुमति लिई आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस