• २०८३ जेष्ठ २२ गते शुक्रवार

वन मुद्दाका फरार प्रतिवादी पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

कात्तिक ७, कैलाली । कैलालीमा वन मुद्दाको फरार प्रतिवादीलाई प्रहरीले आज पक्राउ गरेको छ । जिल्ला अदालतको फैसलाअनुसार छ वर्षअघि वन मुद्दामा रु एक लाख १३ हजार ४६ जरिवाना तोकिएको फरार प्रतिवादी गौरीगङ्गा नगरपालिका–५ अण्डैयाका नारायण साउँदलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले जानकारी दिनुभयो ।

साउँदलाई इलाका प्रहरी कार्यालय मसुरियाबाट खटिएको प्रहरी टोलीले पक्राउ गरी आवश्यक कारबाहीका लागि कैलाली जिल्ला अदालत धनगढीमा उपस्थित गराइएको बताइएको छ ।

भन्सार छलीका कपडा बरामद
सशस्त्र प्रहरी बल नेपाल नं ३४ गण कैलालीबाट खटिएको सशस्त्र प्रहरी बल नेपालको टोलीले आज भन्सार छलीका रु तीन लाखभन्दा बढीका कपडा बरामद गरेको छ । सशस्त्र प्रहरी बल नेपालको टोलीले गोदावरी नगरपालिका–१ अत्तरिया इलाकामा भारतबाट अवैध रुपमा भन्सार छली नेपालतर्फ ल्याउँदै गरेको रु तीन लाख १२ हजार ४७० बराबरको लेडिज र जेन्स आइटमका थान कपडा बरामद गरेको सशस्त्र प्रहरी बल नेपाल नं ३४ गणको कार्यालयले जनाएको छ । बरामद गरिएका कपडा आवश्यक कारबाहीका लागि कैलाली भन्सार कार्यालय धनगढीमा बुझाइएको जनाइएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस