• २०८३ जेष्ठ १ गते शुक्रवार

एमाले बुढानिलकण्ठ नगरपालिका ९ को अध्यक्षमा युवा नेता थिङ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

कात्तिक ७, काठमाडौं । नेकपा (एमाले) एकै साथ गरेको देशभर वडा अधिवेश अन्तर्गत काठमाण्डौको बुढानिलकण्ड नगरपालिका वडा नं ९ मा एमालेका जुझारु युवा नेता दिलिप थिङ सर्वसम्मत रुपमा अध्यक्ष चयन भएका छन् । थिङ को नेतृत्वमा ३१ सदस्य बडा कमिटी गठन भएको छ ।

No description available.

जसमा उपाध्यक्ष कमला ढकाल,सचिवमा मिना कार्की विष्ट उपसचिवमा नेत्र कुइकेल, अर्का उपसचिवमा गंगामाया नेपाली र कार्यालय सचिवको रुपमा आनन्द कटुवाल चयन भएका छन् ।

त्यस्तै सदस्यहरुमा क्रमश प्रमिला पौडेल, तारा अधिकारी, भावना पोखरेल, तोत्र वहादुर कार्की, निभेष कार्की, रविन खत्री, रेनुका खड्का, राजेन्द्र अधिकारी, इन्दिरा थापा कार्की, दिनेश धिताल, दिल कुमार राई, तारा भुर्तेल, दिपक वर्मा साखा,दिलिप कुमार परियार, दिपेन्द्र थिङ, निरज थापा, टिका प्रसाई बस्नेत, सन्तोषमणि ढुड.गाना, अमृता त्रिपाठी,टिकाराम बस्नेत, आनन्द कटुवाल,शुसिला शर्मा, गोपाल पोखरेल, शुभराम महर्जन,मक वहादुर नेपाली र कुमार सोनाम चयन भएका छन् ।

सर्वसम्मत रुपमा अध्यक्ष चयन भएपश्चात अध्यक्ष थिङले पार्टीको विधिपद्धती र जनतामुखि काममा आफुसधै प्रतिवद्ध रहने उल्लेख गरे । जनताको आधारभुत आवश्यकता र पार्टीले अवलम्वन गरेको सिद्धान्त आफ्नो मुख्य एजेण्डा हुने भन्दै उनले समस्या परेका जनताको सेवामा आफु २४ घण्टा खटिन तयार रहेको बताए ।

Sharing

प्रतिक्रिया दिनुहोस