• २०८३ बैशाख ११ गते शुक्रवार

अधिकार र दायित्वप्रति जिम्मेवार हुनुपर्छ– प्रदेश प्रमुख गुरुङ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असोज ८, कास्की । गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले राज्यबाट प्राप्त अधिकार र दायित्वको बारेमा जिम्मेवार हुनुपर्ने बताउनुभएको छ । बौद्ध अर्घौ सदन रामघाट पोखराको आज सम्पन्न ४४औं वार्षिक साधारणसभामा उहाँले हकअधिकारको माग एकै चोटि मागेर पूरा नहुने बताउनुभयो ।

विभिन्न समुदायका व्यक्ति आफैं अधिकारका बारेमा सचेत हुनपर्नेमा जोड दिँदै प्रदेश प्रमुख गुरुङले दलीय सङ्गठनभित्र बसेर दलभित्र आप्mनो समुदायको बाहुल्य कायम गर्नेतर्पm सबै सचेत भएर लाग्नुपर्नेमा जोड दिनुभयो ।

बौद्ध अर्घौ सदनले भावी पुस्तालाई प्रेरणा दिने कार्य गर्नुपर्ने बताउँदै उहाँले राजनीतिक क्षेत्रमा आफ्नो बाहुल्य कायम गर्नका लागि चेतनास्तरमा वृद्धि गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो । बौद्ध अर्घौ सदनका अध्यक्ष मोहनसिंह गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा हुमबहादुर गुरुङलगायतले अर्र्र्घौ सदनले गरेका गतिविधिसहित आवश्यकता एवं महत्वमाथि चर्चा गर्नुभएको थियो ।

Sharing

प्रतिक्रिया दिनुहोस