असोज ८, काठमाडौं। तारकेश्वर नगरपालिकामा लामो समयदेखि नेपाली कांग्रेसको राजनीतिमा सक्रिय स्थापित युवा नेता मुकुन्द तिमिल्सिनाले नेपाली कांग्रेसको आसन्न अधिवेशनमा तारकेश्वर नगरपालिकाबाट नगर सभापतिमा चुनाव लड्ने घोषणा गरेका छन् । वडा नं १ का ३९ वर्षिय तिमिल्सिना नेपाली कांग्रेसमा सक्रिय रुपमा क्रियाशिल रहदैँ आएका छन् ।

विगत लामो समयदेखि कांग्रेसको राजनीतिमा सक्रिय तिमिल्सिनाले नगरपालिकाका विभिन्न सामाजिक क्रियाकलापहरु गर्दै नगरपालिकाको हरेक गलत निर्णयको विरुद्ध एक्लैले खबरदारी गर्दै आएका छन् ।
कांग्रेसमा राजनीतिक नेतृत्वमा युवा सहभागिताको आवश्यकता र पार्टी भित्र व्याप्त रहेका समस्याहरुलाई अन्त्य गर्दै कांग्रेसको मूल्य, मान्यता र सिद्धान्तलाई आत्मसाथ गर्दै असल नेतृत्वको भूमिकामा रहेर काम गर्ने प्रतिवद्धताका साथ आफूले उम्मेदवारीता दिएको तिमिल्सिनाले बताए ।