• २०८३ असार ११ गते बिहिवार

तनहुँमा करणी गरेको अभियोगमा काका पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असार १०, तनहुँ। भतिजीलाई जबरजस्ती करणी गरेको अभियोगमा तनहुँमा काका पक्राउ परेका छन् । पक्राउ पर्नेमा व्यास नगरपालिका–९ का ५३ वर्षीय व्यक्ति रहेको प्रहरीले जनाएको छ । पाँच वर्षीया भतिजीलाई जबरजस्ती करणीको अभियोगमा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सिनाले जानकारी दिए ।

आमा घरमा नभएका बेला उनले बालिकालाई जबरजस्ती करणी गरेको प्रहरीले जनाएको छ । पक्राउ परेका व्यक्तिविरुद्ध जिल्ला अदालतबाट जबरजस्ती करणीको मुद्दा दर्ता गरी अनुसन्धान भइरहेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस