असार १०, एजेन्सी । १६ औं संस्करणको युरोकप फुटबलमा जर्मनी समूह उपविजेता बन्दै नकआउट चरणमा प्रवेश गरेको छ । एलिनाज स्टेडियममा बुधबार राति भएको समूह चरणको अन्तिम खेलमा हंगेरीसँग २-२ गोलको बराबरी खेल्दै जर्मनी समूह उपविजेता बनेको हो ।
खेलको ११ औं मिनेटमा रोलान्डको पासमा कप्तान एडम सज्लाईले उत्कृष्ट हेडर गोल गर्दै हंगेरीलाई सुरुवाती अग्रता दिलाएका थिए खेलको ६६ औं मिनेटमा हुमेल्सको पासमा काइ हाभर्टेजले गोल गर्दै जर्मनीलाई १-१ गोलको बराबरीमा फर्काए । लगत्तै ६८ औं मिनेटमा आन्द्रेस सेफेरले गोल गर्दै हंगेरीलाई २-१ को अग्रता दिलाए । तर, खेलको ८४ औं मिनेटमा लियोन गोर्टेज्काले गोल गर्दै जर्मनीलाई २-२ को बराबरीमा फर्काउदै हारबाट जोगाए ।
यस बराबरीसँगै समूह ‘एफ’ को उपविजेता बनेको जर्मनी ३ खेलमा ५ अंक जोड्यो । अब जर्मनीले अन्तिम १६ मा इंग्ल्यान्डसँग खेल्ने छ । हंगेरी भने समूह चरणबाट बाहिरिएको छ ।