• २०८३ बैशाख २५ गते शुक्रवार

बुटवलमा देउवा-पौडेल समूह बीच कुटाकुट, घाइतेलाई काठमाडौं ल्याइयो

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

मंसिर ७, रूपन्देही । दुई समूहबीच भएको कुटाकुटमा घाइते भएका नेपाली काङ्ग्रेस महाधिवेशन प्रतिनिधिका उमेदवार दीर्घबहादुर केसीलाई थप उपचारको लागि काठमाडौं ल्याइएको छ । रूपन्देही क्षेत्र २ को सोमबार सम्पन्न निर्वाचनको मतगणना भइरहेको अवस्थामा दुई समूहबीच भनाभनपछि कुटाकुटको स्थिति उत्पन्न भएपछि टाउको र मुखमा चोट लागेकोे उलिाई उपचारका लागि काठमाडौं ल्याइएको नेपाली काङ्ग्रेस बुटवल उपमहानगर समितिका उपसभापति ज्योति भण्डारीले जानकारी दिए।

बुटवल बालमन्दिरमा मतगणना भइरहँदा काङ्ग्रेस सभापति शेरबहादुर देउवा समूहले केसीमाथि आक्रमण गरेको वरिष्ठ नेता रामचन्द्र पौडेल समूहको आरोप छ। केसी पौडेल समूहबाट महाधिवेशन प्रतिनिधि उम्मेदवार रहेका थिए।

मतगणना कार्य सकिनै लाग्दा विवाद उत्पन्न भएपछि अहिले मतगणना कार्य रोकिएको छ। कूल खसेको ६ सय ६९ मतमध्ये ६ सय मत गणना भइसकेकोले मतगणना कार्यलाई सुचारू गर्न दुबै पक्ष छलफलमा रहेको भण्डारीले बताए।

६ सय मत गणना हुँदा पौडेल समूहका हरि लम्सालको प्यानलले अग्रता लिएको उनले जानकारी दिए।

Sharing

प्रतिक्रिया दिनुहोस