• २०८३ असार ३ गते बुधवार

प्रचण्डलाई ओलीको जवाफ- चुनाव लडेको भन्दैमा जिल्ला नै उसको हुन्छ?

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

मंसिर ७, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूलाई सिध्याउने नियतले एमालेले महाधिवेशनस्थल चितवन रोजेको प्रचण्डको भनाइप्रति जवाफ फर्काएका छन् ।

१०औं महाधिवेशनका सन्दर्भमा आयोजित सम्पादकसँगको अन्तर्क्रियामा ओलीले चुनाव लड्नासाथ जिल्लै उसको नहुने बताए । उनले भने,  ‘कोही चुनाव कतैबाट लडेको छ भन्दैमा जिल्लै उसको हुने रु म कतैबाट हिँडे भने उनले मलाई सिध्याउन हिँड्यो भन्न बेर छैन ।’

प्रचण्डसँग आफ्नो लिनुदिनु केही नभएको ओलीको भनाइ छ । ‘उहाँसँग मेरो लिनुदिनु कुरै होइन । उहाँलाई मेरो निर्वाचन क्षेत्रमा भन्ने लागेको छ भने दमकमा आएर गर्नुहोस् न त । दमकमा आएर गरे हुन्छ ।’

Sharing

प्रतिक्रिया दिनुहोस