• २०८३ असोज २६ गते सोमवार

प्रदेश बलियो बनाउन हरेक क्षेत्रको योगदान आवश्यक : मुख्यमन्‍त्री पोखरेल

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

आश्विन २०,काठमाडौँ । प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले प्रदेशलाई बलियो बनाउन हरेक क्षेत्रको योगदानलाई मिलाउनुपर्ने आवश्यक रहेको बताएका छन् । आज प्रदेश ५ को प्रदेशसभा बैठकमा आफ्नो धारणा राख्दै मुख्यमन्त्री पोखरेलले कुनै एक क्षेत्र विशेषमा केन्द्रित भएर सोच्दा प्रदेश बलियो बनाउन नसकिने बताएका हुन । उनले भने, “हामीले हाम्रो प्रदेशलाई बलियो बनाउन हरेक क्षेत्रको योगदानलाई मिलाउनुपर्छ । कुनै क्षेत्र विशेषको केन्द्रित भएर सोच्छौं भने यो सम्भव छैन,” ।


प्रदेशसभा र प्रदेश सरकारले प्रदेशबारे सोच्दा प्रदेशभित्र रहेका १२ वटै जिल्लाका नागरिकको समृद्धिको चाहनाको प्रतिनिधित्व गर्न सक्नुपर्ने आवश्यकता रहेको बताए । उनले भने, “हामीले सोच्दा हाम्रो प्रदेशमा रहेका १२ वटै जिल्लाको समृद्धिको परिकल्पना सामूहिक रुपमा गर्नुपर्दछ, प्रदेश सरकार र प्रदेशसभाले सोच्दा १२ वटै जिल्लाका जनताको समृद्धिको चाहनाको प्रतिनिधित्व गर्न सक्नुपर्दछ ।”

Sharing

प्रतिक्रिया दिनुहोस