• २०८३ जेष्ठ २३ गते शनिवार

आजबाट सबै किसिमका मुद्दा हेरिने

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

मंसिर ७, काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले आज पनि आफूबाहेक १० वटा इजलास गठन गरेका छन् । हिजो पनि आफूलाई इजलास नतोकेका राणाले आज ती इजलासमा सबै किसिमको ५९२ मुद्दाको पेसी चढाएका हुन् ।

गोलाप्रथाद्वारा मुद्दाको पेसी चढाउने प्रावधानलाई राजपत्रमा प्रकाशित गरिएको भोलिपल्ट सबै किसिमको मुद्दाको सुनुवाइ हुन लागेको हो । यसअघि सर्वोच्च अदालतकै १९ जना न्यायाधीश इजलास बहिस्कार गरेर आन्दोलनमा उत्रिएका थिए भने नेपाल बार एसोसिएसन अहिले पनि राजीनामा मागेर आन्दोलनमै छ । यसअघि बन्दीप्रत्यक्षीकरणको मात्र सुनुवाइ भइरहेको थियो ।

Sharing

प्रतिक्रिया दिनुहोस