• २०८३ बैशाख १९ गते शनिवार

मोटरसाइकल दुर्घटनामा एकको मृत्यु

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

मंसिर ७, रौतहट । रौतहटस्थित बैजनाथपुर चोकमा दुई वटा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन् । ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका अनुसार गएराति बैजनाथपुर चौकमा ना ५३ प ६११२ र विपरित दिशाबाट आईरहेको ना ४३ प ६२४३ नम्बरको मोटरसाइकल ठोक्किँदा चन्द्रपुर–९ का २५ वर्षीय रामाशंकर साहको मृत्यु भएको हो ।

दुर्घटनामा गुजरा–९ का मनोज चौधरी र मोटरसाइकलको पछाडि बसिरहेकी बृन्दाबन–७ की कान्ती देवी चौधरी गम्भीर घाइते भएकी छिन् । घाइतेहरूलाई राति नै एम्बुलेन्सबाट उपचारको लागि बीरगंज पठाईएको र दुई वटा मोटरसाइकल नियन्त्रणमा लिएर घटनाबारे अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस