• २०८३ बैशाख २६ गते शनिवार

एमाले वडा अधिवेशनः तारकेश्वर नगरमा सबै वडामा सर्वसम्मत

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

 

कात्तिक ६, काठमाडौं । नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशन अन्तर्गत काठमाडौंको तारकेश्वर नगरपालिकाको ११ वटै वडामा वडा अधिवेशन सर्वसम्मतबाट सम्पन्न भएको छ ।

नगरको सबै वडामा सर्वसम्मत बाट पदाधिकारी चयन गरिएको एमाले काठमाडौं जिल्ला कमिटी सचिवालय सदस्य तथा तारकेश्वर नगर कमिटी ईन्चार्ज विदुर अर्यालले जानकारी दिए ।

तारकेश्वरको वडा अधिवेशनमा नगरको वडा नम्बर १ को अध्यक्षमा गोपाल सापकोटा, वडा नं २ को अध्यक्षमा सञ्जय ढकाल, ३ मा रुद्र प्रसाद घिमिरे, ४ मा नरेन्द्रदास श्रेष्ठ, ५ मा जयराम अर्याल, ६ मा बासुदेव तिमिल्सिना, ७ मा लक्ष्मण श्रेष्ठ, ८ मा मोहन खत्री, ९ मा श्याम महर्जन, १० मा श्यामकृष्ण महर्जन, र ११ मा मनोहर थापा सर्वसम्मत निर्वाचित भएका छन् ।

एमालेको वडा कमिटीमा अध्यक्ष, उपाध्यक्ष, सचिव, दुई जना उपसचिव र कार्यलय सचिव सम्मको कमिटी बनाईएको छ ।

उक्त कमिटीमा ३३ प्रतिशत महिलाको अनिवार्य प्रतिनिधित्व रहेको छ ।

क्षेत्र, भूगोल, जनजाति सबैलाई समेटेर वडा अधिवेशन सम्पन्न गरिएको अर्यालले बताए ‌ ।
एमालेले आगामी ९ गते देशभर एकैदिन गाउँ नगर अधिवेशन गर्न लागेको छ । त्यसको लागि तारकेश्वर नगरपालिकाले पनि तिव्र गतिमा तयारी अघि बढाएको उनले बताए । तारकेश्वर नगरपालिकामा हाल नेकपा एमालेको अध्यक्षमा वासुदेव प्रसाद गौतम र सचिवमा राजु तिमिल्सिना रहेका छन् ।

Sharing

प्रतिक्रिया दिनुहोस