• २०८३ असार १६ गते मङ्गलवार

सल्यानमा बस दुर्घटना : ९ जना घाइते, चालक फरार

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

भदौ ७, सल्यान । सल्यान जिल्लाको शारदा नगरपालिकाको श्रीनगरबाट छत्रेश्वरी गाउँपालिकाको पोखरीडाँडा जाँदै गरेको ना ७ ख १८४८ नम्बरको यात्रुबाहक बस दुर्घटना हुँदा नौ जना घाइते भएका छन् । ब्रेक फेल भएर अनियन्त्रित भएको बस छत्रेश्वरी गाउँपालिका–३ पेदिखोलाको कैची मोडमा सोमबार बेलुकी ६ बजे दुर्घटना भएको हो ।


जिल्ला प्रहरी कार्यालय सल्यानका अनुसार यात्रुबाहक बस दुर्घटना हुँदा छत्रेश्वरी गाउँपालिका–४ का वर्ष २२ की रमिता डाँगी, वर्ष २८की तुलसा विक, २६ वर्षकी तीलाकुमारी रावत, २१ वर्षकी दीपा पुन, २७ वर्षकी उर्मिला खत्री, ३५ वर्षकी सरीता खत्री, २१ वर्षकी रेखा पुन, ५५वर्षकी झुमा डाँगी र २३ वर्षकी दधी पुन घाइते भएका छन । घाइतेको शारदा नगरपालिका–१ श्रीनगर स्थित सामुदायिक अस्पतालमा उपचार भइरहेको छ ।

ब्रेक फेल भएर बस सडकमै दुर्घटना पर्दा घाईते भएका सबैको अवस्था सामान्य रहेको छ । बसका चालक भने फरार रहेका छन् । यात्रुबाहक बसमा चालकसहित १० जना सवार थिए ।

Sharing

प्रतिक्रिया दिनुहोस