• २०८३ असार १३ गते शनिवार

बढ्यो पेट्रोलियम पदार्थको मूल्य

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

भदौ ७, काठमाडौँ । नेपाल आयल निगमले आज राति १२ बजेदेखि बढेको मूल्य लागू हुनेगरि पेट्रोल, डिजेल, मट्टितेल र हवाई इन्धनको मूल्य बढाएको छ । भारतबाट मूल्य बढेर आएको जनाउँदै निगमले यी पदार्थको मूल्यमा प्रतिलिटर २ रुपैयाँ बढाएको हो ।

निगमका अनुसार अब काठमाडौँ उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर १३० रुपैयाँ पुगेको छ । त्यस्तै डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ११३ रुपैयाँ पुगेको छ भने आन्तरिकतर्फको हवाई इन्धनको मूल्य प्रतिलिटर ८६ रुपैयाँ पुगेको छ । खाना पकाउने ग्यासको मूल्य पनि प्रतिसिलिण्डर २५ रुपैयाँले बढेको छ । अब ग्यासको मूल्य प्रतिसिलिण्डर १४५० रुपैयाँ पर्नेछ ।

Sharing

प्रतिक्रिया दिनुहोस