भदौ ७, रोल्पा । आफ्नै बुबालाई कुटपिट गरी हत्या गरेको अभियोगमा प्रहरीले १ जनालाई पक्राउ गरेको छ । आफ्नै बुबा ६० बर्षीय लक्षिमन दमाईलाई कुटपिट गरी हत्या गरेको अभियोगमा त्रिवेणी गाउँपालिका-४ बागखुर बस्ने २५ बर्षीय टेक बहादुर नेपालीलाई आइतबार राति प्रहरीले पक्राउ गरेको हो ।
घरायसी झै(झगडामा नेपालीले आफ्नै बुबालाई कुटपिट गर्दा मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ अस्थायी पोष्ट बुढागउ र ईलाका प्रहरी कार्यालय होलरीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।