• २०८३ जेष्ठ ५ गते मङ्गलवार

गण्डकीमा ६ मन्त्रीले लिए शपथ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

साउन ८, काठमाडौं । गण्डकी प्रदेशका नवनियुक्त ६ जना मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् । कांग्रेस र माओवादीका तीनरतीन जनाले प्रदेश प्रमुख सीताकुमारी पौडेल समक्ष पद तथा गोपनीयताको शपथ लिएका हुन् ।

माओवादीबाट अर्थमन्त्रीमा रामजी बराल, भूमि व्यवस्था, कृषि, सहकारी, तथा गरिबी निवारण मन्त्रीमा चन्द्रबहादुर बुढा, वन, वातावरण तथा भू–संरक्षण मन्त्रीमा दीपक थापा, कानुन, सञ्चार तथा प्रदेशसभा मामिला मन्त्रीमा कांग्रेसका विन्दुकुमार थापा, शिक्षा, संस्कृति, विज्ञान, प्रविधि तथा सामाजिक विकास मन्त्रीमा मेखलाल श्रेष्ठ, पर्यटन, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रीमा मणिभद्र शर्मा कँडेलले शपथ लिएका हुन् ।

Sharing

प्रतिक्रिया दिनुहोस