• २०८३ बैशाख ५ गते शनिवार

बस्दै नबसी स्थगित भयो लुम्बिनी प्रदेश सभा बैठक

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असार ९, रुपन्देही । लुम्बिनी प्रदेश सभाको आज बस्ने भनिएको बैठक सूचना टाँसेर स्थगित गरिएको छ । आजको बैठकमा आर्थिक मामिला तथा योजना मन्त्रीले नयाँ बजेटको राजश्व व्ययको अनुमान माथि आफ्नो कुरा राख्ने, उठेका प्रश्नको जवाफ दिने र विनियोजन विद्येयक पेश गर्ने कार्यसूची तोकिएको थियो ।

यसअघि असार ६ गते बोलाइएको प्रदेश सभाको बैठक विपक्षी दलहरूले बहिष्कार गरेपछि आजका लागि बोलाइएको थियो । आज पनि विपक्षी दलहरूले बहिष्कार गर्ने भएपछि बैठक बस्दै नबसी स्थगित भएको हो । बैठक असार २७ गते १ बजे बस्ने प्रदेशसभा सचिवालयद्वारा जारी सूचनामा उल्लेख छ ।

Sharing

प्रतिक्रिया दिनुहोस