• २०८३ जेष्ठ १६ गते शनिवार

हुम्लामा हिँड्दा हिँड्दै एक महिलाको मृत्यु

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असार २०, हुम्ला। खार्पुनाथ गाउँपालिका–३ बाट काम विशेषले सदरमुकाम सिमकोट हिँडेकी एक महिलाको बाटैमा ज्यान गएको छ । ज्यान गुमाउनेमा ६१ वर्षीया सप्पा बुढा रहेकी छन् ।

प्रहरीले उनी सदरमुकाम सिमकोटनजिक पुग्न लागेको बेला बाटैमा ज्यान गएको जनाएको छ । आइतबार बिहान ९ बजे घरबाट सिमकोटका लागि हिँडेकी उनी सिमकोटनजिकै मेलगुडीमा चार बजेतिर बेहास भएको र त्यसपछि गाडीमा अस्पताल लैजाँदै गर्दा मृत्यु भएको प्रहरीले जनाएको छ ।

उनको आज अन्तिम संस्कार गरिएको छ।

Sharing

प्रतिक्रिया दिनुहोस