• २०८३ मङ्सिर ४ गते बिहिवार

देशका विभिन्न स्थानबाट अवैध लागूऔषध सहित मानिसहरू पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : २ मिनेट

असार २७, काठमाडौं । प्रहरीले कञ्चनपुर, बेतकोट नगरपालिका-९ सुन्दरपुर बस्ने २५ वर्षीय गणेश बिष्ट र २६ वर्षीय करन धामीलाई २ ग्राम ६ मिलिग्राम अवैध लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थ सहित शनिबार दिउँसो पक्राउ गरेको छ । सोही ठाउँस्थित कृषि तालिम केन्द्रको परिसरमा रहेको खालीभवनमा लागूऔषध सेवन गरिरहेको अवस्थामा प्रहरी चौकी सुडाबाट खटिएको प्रहरीले उक्त पदार्थ सहित उनीहरुलाई पक्राउ गरेको हो ।

यस्तै सुर्खेत, वीरेन्द्रनगर नगरपालिका-१० बुदबुदेबाट २ सय १० मिलीग्राम अवैध लागूऔषध ब्राउन सुगर जस्तो देखिने खैरो धुलो पदार्थ सहित शनिबार दिउँसो २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सोही नगरपालिका-१२ बस्ने ३६ वर्षीय राजेश रोकाय र सोही नगरपालिका-८ बस्ने २२ वर्षीय दल बहादुर खाम्चा रहेका छन् । लागूऔषधको कारोबार भईरहेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको प्रहरीले उनीहरुलाई उक्त परिमाणको लागूऔषधसहित फेला पारी पक्राउ गरेको हो । साथै सोही प्रहरी टोलीले भे.१ क २८२१ नम्बरको अटोरिक्साका चालक वीरेन्द्रनगर नगरपालिका-६ हटिया लाईन बस्ने ३५ वर्षीय बालकृष्ण श्रेष्ठलाई समेत ८ सय मिलिग्राम लागूऔषध ब्राउन सुगर जस्तो देखिने खैरो धुलो सहित शनिबार दिउँसो हटिया लाइनबाट पक्राउ गरेको छ ।

साथै दाङ, लमही नगरपालिका-७ बन्गैबाट २ सय ग्राम अवैध लागूऔषध गाँजा सहित सोही ठाउँ बस्ने १९ वर्षीय बादल रोका मगरलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट बन्गैबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त गाँजा सहित फेला पारी उनलाई पक्राउ गरेको हो । साथै कैलाली, धनगढी उपमहानगरपालिका-८ बुद्ध चोकबाट ७० मिलिग्राम अवैध लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थ सहित सोही ठाउँ बस्ने १९ वर्षीय उमेश लामालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । शंकास्पद रुपमा हिडिँरहेको अवस्थामा उनलाई जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो । पक्राउ परेकाहरूकाे सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस