• २०८३ बैशाख ८ गते मङ्गलवार

कुटपिटबाट मृत्यु, अभियुक्त पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असार ९, सिन्धुली । कमलामाई नगरपालिका(६ शिखरटोल बस्ने ४६ वर्षीया शान्ता भण्डारी खत्रीको कुटपिटबाट मंगलबार साँझ मृत्यु भएको छ । बर्दिवास अस्पताल महोत्तरीमा उपचारको क्रममा उनको मृत्यु भएको हो ।

उनकै श्रीमान रबि खत्रीले गत जेठ २८ गते कुटपिट गर्दा गम्भीर घाइते भएकी उनको जिल्ला अस्पताल सिन्धुलीमा सामान्य उपचार पश्चात थप उपचारको लागि पुरानो मेडिकल कलेज चितवन हुँदै बर्दिवास अस्पताल महोत्तरी लगेकोमा उपचारको क्रममा मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय सिन्धुलीबाट खटिएको प्रहरीले रबिलाई नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस