• २०८३ बैशाख ११ गते शुक्रवार

चेक रिपब्लिकलाई १-० गोल अन्तरले पराजित गर्दै इंग्ल्यान्ड समूह विजेता

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असार ९, एजेन्सी । १६ औं संस्करणको युरोकप फुटबलमा इंग्ल्यान्ड समूह विजेता बन्दै नकआउट चरणमा प्रवेश गरेको छ ।फमंगलबार राति समूह चरणको अन्तिम खेलमा चेक रिपब्लिकलाई १-० गोल अन्तरले पराजित गर्दै इंग्ल्यान्ड समूह विजेता बानीको हो ।

खेलको १२ औं मिनेटमा ज्याक ग्रेलिसको पासमा स्ट्रर्लिङले गोल गरेका हुन् । जारी युरोमा स्ट्रर्लिङको यो दोस्रो गोल हो ।

यस जितसँगै समूह ‘डी’ को इंग्ल्यान्डले अपराजित रहदै अन्तिम १६ मा स्थान बनाएको छ । शीर्ष स्थानमा रहेको इंग्ल्यान्डले ३ खेलमा ७ अंक जोड्यो ।इंग्ल्यान्डले समूह चरणमा कुनैपनि गोल व्यहोर्नु परेको छैन ।

Sharing

प्रतिक्रिया दिनुहोस