• २०८३ असोज २५ गते आइतवार

बाँकेमा तीन जना कोरोना संक्रमितको मृत्यु

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

वैशाख १०, बाँके । बाँकेमा तीन जना कोरोना संक्रमितको मृत्यु भएको छ। मृत्यु हुनेमा सल्यानका एक र बाँकेका दुई जना रहेका छन ।

बाँकेका कोरोना फोकल पर्सन तेज वलीका अनुसार मृत्यु हुनेमा बाँकेको बैजनाथ गाउँपालिका वडा नम्बर ६ का २८ वर्षीय मानबहादुर पुन, नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा उपचाररत सल्यानको बनगाड ३ का ५६ वर्षीय वीरबहादुर नेपाली र बाँकेको जानकी १ की ७१ बर्षीया महिला सुमन पाठकको मृत्यु भएको हो ।

बाँकेमा बितेको २४ घण्टामा ६ जना संक्रमितको मृत्यु भएको छ।

Sharing

प्रतिक्रिया दिनुहोस