• २०८३ जेष्ठ ५ गते मङ्गलवार

केपी शर्मा ओलीले मागेको कथित स्पष्टीकरणबाट आफूहरु नतर्सिएको : नेता नेपाल

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

चैत १०, काठमाडौं। नेकपा एमालेका बरिष्ठ नेता माधव कुमार नेपालले केपी शर्मा ओलीले मागेको कथित स्पष्टीकरणबाट आफूहरु नतर्सिएको र आफूहरु ओलीविरुद्ध आत्मसमर्पण नगर्ने पनि बताउनुभएको छ । मंगलबार काठमाडौंको कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा आयोजित आफ्नो समूहपक्षीय अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन भेलालाई सम्बोधन गर्दै बरिठ नेता नेपालले यस्तो बताउनुभएको हो ।

उहाँले ओलीले मागेको कथित स्पष्टीकरणबाट आफूहरु नतर्सिएको र आफूहरु ओलीविरुद्ध आत्मसमर्पण नगर्ने पनि बताउनुभएको छ ।उहाँले ओलीको दुई दिनको चुरीफुरी प्रधानमन्त्रीको कुर्सीमा बसुञ्जेलसम्म मात्रै भएको टिप्पणी गर्दै ओलीको चुरीफुरीको हावा कुर्सीबाट बाहिर निस्केपछि खुस्किने बताउनु भएकोे हो । उहाँले ९औँ महाधिवेशनको कार्यदिशा अनुसार आफूहरू अगाडि बढ्न खोजेको पनि बताउनुभएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस