• २०८३ बैशाख २१ गते सोमवार

माधव नेपाललाई फेरी लाग्यो झट्का

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

कार्तिक ५, भरतपुर। नेकपा समाजवादी (एस) चितवनमा माधव नेपाललाई फेरी झट्का लागेको छ । नेपाल नेतृत्वको चितवनको प्रस्तावित जिल्ला कमिटी अध्यक्ष तेजबहादुर खड्का एमालेमा नै फर्किएर पार्टी काममा लागेपछि नेपाललाई झट्का लागेको हो ।

१० बुँदे सहमती कार्यान्वयन हुनुपर्ने माग गर्नुभएको खड्का समाजवादीको वडा कमिटी गठनमा समेत सहभागी हुनुभएको थियो । माधव नेपालले देउवाले ल्याएको अध्यादेशमार्फत नेकपा एमाले फुटाएपछि समाजवादीमा नगएको स्पष्टिकरण दिँदै आफू एमालेमै रहेको प्रमाणित गर्नुभएको छ । बीचमा लामो समय दुबैतिर सक्रिय नहुनुभएको खड्का एमालेमा नै फर्किनुभएको हो । उहाँले समाजवादीको जिल्ला अध्यक्ष बन्न अस्वीकार गरेपछि डा। कृष्ण पन्तलाई जिल्ला अध्यक्ष बनाइएको थियो ।

पछिल्लो समय समाजवादी र एमाले कतै पनि सक्रिय नहुनुभएको खड्काले एमालेको चितवनको तेस्रो पूर्ण बैठकमा उपस्थित भएर टुटफुट नहुन सबैलाई आग्रह गर्नुभयो । एमालेको तत्कालिन जिल्ला उपाध्यक्ष रहेका खड्कालाई प्रदेश कमिटीको सदस्य बनाइएको छ । खड्काको नेतृत्वमा पार्टी एकता संयोजन कार्यदल बनेको छ । उहाँले आफू निरन्तर पार्टीको काममा लाग्ने भन्दै सबैलाई एकतामा समाहित हुन आग्रह गर्नुभएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस